३७ वर्षपछि पक्राउ परे सुनबहादु्र

काठमाडौं : हत्या गरी फरार भएका ललितपुरका सुनबहादुर तामाङ ३७ वर्षपछि पक्राउ परेका छन्।
२०४१ साल चैत १२ गते ललितपुरको चापागाउँका गणेशबहादुर नगरकोटी ‘घटेरो कान्छो’ लाई हत्या गरी उनी फरार भएका थिए।
नगरकोटीलाई हत्या गरेर फरार भएका उनलाई साविकको मुलुकी ऐन अदालती बन्दोबस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनी २०६१ सालमा मात्रै ललितपुर आएका हुन्। २० वर्ष उनी भारतको सिमानामा बसेको खुलेको महतोले जानकारी दिए।
‘उनी २० वर्ष तराईका विभिन्न ठाउँमा बसेका रहेछन्। काठमाडौँ आएका रहेनछन्,’ उनले भने, ‘१७ वर्ष भएछ उनी काठमाडौं र सीमामा आउजाउ गर्न थालेको।’
प्रहरीले उनलाई आजै चापागाउँस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो।
फागुन ४, २०७८ बुधबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।