प्रहरी र प्रदर्शनकारीबीचको झडपमा फोटोपत्रकार बस्नेत घाइते

काठमाडौंः एमसीसीको विरोधमा भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा फोटोपत्रकार सरोज बस्नेत घाइते भएका छन्।
एमसीसीको विरोध गर्दै नयाँ वानेश्वरसम्म आउन लाग्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारी समेत घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगा फोटोपत्रकार बस्नेतको टाउकोमा लाग्न पुगेको हो।
फागुन ४, २०७८ बुधबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।