एमसीसीको विरोधमा प्रदर्शन: प्रहरीसँगको झडपमा अखिलका नेता खड्का घाइते

काठमाडौंः मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाडौंको वानेश्वर क्षेत्रमा हाल प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा अनेरास्ववियूका नेता विप्लव खड्का घाइते भएका छन्।
घाइते खड्काको एभरेस्ट हस्पिटलमा उपचार हुँदैछ।
यसैबीच नेपाल मजदूर किसान पार्टीले पनि एमसीसीको विरोधमा सिभिल अस्पतालअगाडि प्रदर्शन गरेको छ। अत्याधिक सङ्ख्यामा विद्यार्थीहरू उपस्थित गराई नेमकिपाले विरोध सभा गरिरहेको छ।
यस्तै निषेधित क्षेत्र तोडेर प्रतिनिधि सभा भवनतर्फ जानेक्रममा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो।
तस्बिरहरू: उपेन्द्र खड्का र कृष्पा श्रेष्ठ
फागुन ४, २०७८ बुधबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।