नेष्डो समृद्ध लघुवित्तले आठ लाख २८ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौंः नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। यही फागुन ११ गतेदेखि कम्पनीले आईपीओ जारी गर्ने भएको हो।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गर्ने लागेको हो।
जारी गरिने आईपीओको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी २५ करोड ५०लाखको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ।
फागुन ४, २०७८ बुधबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।