अनुमति बिना भिडियो खिच्ने प्र्यांक स्टार पक्राउ

अनुमति बिना भिडियो खिच्ने प्र्यांक स्टार पक्राउ

काठमाडौं : बिना अनुमति भिडियो बनाएको भन्दै आकाश सेडाइँ नाम गरेका प्र्यांक स्टारलाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोले सार्वजनिक स्थलमा बिना अनुमति भिडियो बनाएको भन्दै उनलाई पक्राउ गरेको हो।

सेडाईँले झण्डै पाँच लाख सब्स्क्राइबर भएको नेपाली प्र्यांक स्टार नामको युट्युब च्यानलमा भिडियो अपलोड गर्ने गरेका थिए।

दुई हप्ताअघि मात्रै उनले बुढा मानिसको भेषमा प्र्यांक भिडियो बनाएका थिए। जसमा नर्सिङ पढेका विद्यार्थीहरुको मोबाइल मागेर फोन गर्दै, छोरालाई नर्स मनपर्ने र बेलुकीबाट फोन आउँछ भनेर झुक्याएका थिए।

गृह मन्त्रालयले अनुमति बिना फोटो/भिडियो लिनेलाई कारबाही गर्ने बताएपछि उनी पक्राउ पर्ने पहिलो व्यक्ति हुन्। उनले सामाजिक सजाल फेसबुकमा सरकारको निर्णयको जमेर विरोध गरेका थिए।

फागुन ४, २०७८ बुधबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।