एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि हिजो एकैदिन सुन तोलामा १२ सय रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० कायम भएको छ। 

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ८५ पुगेको महासङ्घले जनाएको छ।

फागुन ४, २०७८ बुधबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।