एमसिसी सम्झौता संसद्मा लैजान परामर्श समितिको बैठक

काठमाडौँ : संसद्को कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वस्थित शङ्कर हलमा सङ्घीय संसद्, प्रतिनिधि सभा कार्यव्यस्था परामर्श समितिको बैठक बसेको छ।
आज बस्ने संसद् बैठकको कार्यसूची तय गर्न बैठक बसेको हो। सरकार आजको संसद्मा एमसिसी सम्झौता टेबल गर्ने पक्षमा छ। तर सरकारमै रहेका दल यसको विपक्षमा छन्।
माओवादी केन्द्रले आज एमसिसी सम्झौता टेबल भए सरकार छाड्ने चेतावनी दिइसकेको छ।
फागुन ४, २०७८ बुधबार ११:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।