फागुन ११ देखि इलाममा तारा एयरको नियमित उडान हुने

काठमाडौंः तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित साताको दुई उडान भर्ने भएको छ। आइतबार र बिहीबार काठमाडौंबाट सुकिलुम्बा उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उडान हुन लागेको हो।
फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० बजे उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए। काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ।
हवाई यात्राको लागि हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ।
फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्किमलगायतका स्थानका मानिसहरूलाई पनि सहज हुनेछ।
फागुन ४, २०७८ बुधबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।