उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुरः जिल्लाको उदयरपुरगढी गाउँपालिका-७ मा हिजो बेलुकी टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय १९ वर्षीय उज्वल खपाङगी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो।

यस्तै गम्भीर घाइते भएका टिपर चालक सप्तरीका २९ वर्षीय उमेशकुमार चौधरीसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स१क १९० नम्बरको टिपर हिजो बेलुकी पौने ७ बजे अनियन्त्रित भई पल्टिएको हो।

फागुन ४, २०७८ बुधबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।