सवारी साधन निर्वाध सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोध

सवारी साधन निर्वाध सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौंः विभिन्न ६ वटा राजनीतिक दलले आज बन्दको आह्वान गरेको भए पनि बन्द प्रभावहीन भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यका तथा नाकाहरूको सवारी आवागमन सामान्य रहेको छ।

मोहन वैद्य नेतृत्त्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्त्वको नेकपा, आहुती नेतृत्त्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्त्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्त्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए।

महाशाखाले शान्ति सुरक्षा कायम गर्न सडकमा प्रहरीको उपस्थित बाक्लो रहेका कारण, सवारी साधन निर्वाध सञ्चालन गर्न चालकहरूलाई अनुरोध गरेको छ।

यस्तै सवारी आवागमनमा अवरोध पुर्याउन खोज्ने १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट महानगरीय प्रहरीले नियन्त्रणमा लिएको छ।

फागुन ४, २०७८ बुधबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।