बुधवार बस्ने संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

सभामुखले बुधवार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सरकारले बुधवारको बैठकमा सम्झौता टेबल गर्ने तयारी गरिरहेको छ। तर सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसिसी प्रस्ताव टेबल गर्ने नै छैन।
संसद् बैठक बुधवार दिउँसो १ बजेलाई बोलाइएको छ। बिहान साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा छलफल भएपछि सम्भावित कार्यसूची परिवर्तन हुनसक्छ। कार्य व्यवस्थामा सहमति भए एमसीसी संसद्को कार्यसूचीमा पर्ने सचिवालय स्रोतले बताएको छ।
प्रतिपक्षी एमालेले भने संसद्को अवरोध जारी राख्ने बताएकाले सहमति हुने सम्भावना भने कम छ। सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा एमाले सहभागी हुने नहुने अहिले नै निर्णय नभएको सचेतक विशाल भट्टराईले बताए।
‘अहिले अध्यक्ष केपी ओलीसँग यही विषयमा छलफल गर्न बालकोट जादैछौ,’भट्टराईले भने,‘संसद् बैठक र कार्यव्यवस्थाबारे अध्यक्ष ओलीसँग छलफल गरेपछि मात्रै भन्न सकिन्छ। मङ्गलवार सार्वजनिक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने’ उल्लेख छ।
फागुन ३, २०७८ मंगलबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।