सभामुखले डाके कार्यव्यवस्था परामर्श समितिको बैठक

बैठक बुधबार बिहान साढे ११ मा संसद् भवनमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ। त्यसअघि समसामयिक विषयका छलफलका लागि कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो।
भोलि बस्न लागेको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा एमसिसी भने राखिएको छैन।
फागुन ३, २०७८ मंगलबार १९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।