हाउजिङ व्यवसायी कालु र जापानी नागरिकको दुई अर्बको लगानीमा पोखरामा केबलकार : फागुन ६ बाट सञ्चालनमा

हाउजिङ व्यवसायी कालु र जापानी नागरिकको दुई अर्बको लगानीमा पोखरामा केबलकार : फागुन ६ बाट सञ्चालनमा

गत महिना केबुलकारको परीक्षण सफल भएपछि ब्यवसायीकरुपमा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। केबलकारको सञ्चालनसँगै साहसिक पर्यटनका गतिविधिका साथै सूर्योदय, सूर्यास्त र मनोरम दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने उनले दाबी गरे।

कारण पटक पटक सञ्चालनको समय तोके पनि कोरोना सङ्क्रमणका कारण केबलकार सञ्चालनमा आउन सकेको थिएन।

अन्नपूर्ण केबलकार प्रालिले करिब चार वर्ष अघि निर्माण थालेको केबलकारका यात्रु बोक्ने डिब्बा (गोण्डला) जडान र परीक्षण सकिएकाले सञ्चालनमा ल्याउने तयारी थालेको त्रिपाठीले बताए। महामारीका कारण २ वर्षमा निर्माणको काम कसेर सञ्चालनमा ल्याउने योजना भए पनि ४ वर्ष लागेको बताए।

प्रालीले केबलकारमा जडान गरिएका गोन्डला र टावरको निर्माण सम्पन्न भएपछि जापानबाट ७ जना प्राविधिक टोली ल्याएर परीक्षण सञ्चालन गरेको थियो। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका मापदण्डका चरण पार गरेपछि केबलकारको व्यावसायिक सञ्चालन थालिएको निर्देशक त्रिपाठीले बताए।

नेपालीको लागि केबलकारमा जाने र आउने शुल्क: ६ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। विदेशीहरूलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीहरू लगायतका लागि छुटको व्यवस्था गरिने निर्देशक त्रिपाठीले बताए।

सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि निर्माणको समय र थप पूर्वाधार बढाउँदा २ अर्ब रुपैयाँ पुगेको त्रिपाठीले बताए। केबलकारको माथिल्लो स्टेसनमा निर्माण गरिएको भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेस्टुरेन्ट, कफी सप र अतिरिक्त जग्गा खरिदका कारण लागत मूल्य बढेको उनको भनाई छ।

२.४ किलोमिटर दुरी रहेको केबलकारमा हाल १८ वटा टावर रहेका छन्। सामान बोक्ने सहित १८ वटा गोण्डला (डिब्बा) रहेका छन्। प्रति डिब्बामा ८ जनाको सिट क्षमता छ।

कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिँदै आएको छ। व्यावसायिक रूपमा केबलकार सञ्चालनमा आउँदा ८० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने निर्देशक त्रिपाठी बताउँछन्।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रडक्टको रूपमा विकसित गर्न खोजिएको त्रिपाठीले बताए।

केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको छ। केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ हुन्।

फागुन ३, २०७८ मंगलबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।