विशेष ब्युरोको स्टिङ अप्रेसनमा पक्राउ परे कांग्रेस नेता, युरेनियम कारोबारीको शङ्का

प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले नवराज महत, भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायतलाई पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये महत नेपाली कांग्रेसका नेता हुन्। उनी गत निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। महतको भूमिकाबारे प्रहरीले विस्तृत खुलाएको भने छैन।
प्रहरीको विशेष ब्युरो आतङ्कबाट र सङ्गठित अपराधको अनुसन्धानमा संलग्न हुने र यो अप्रेसनको नेतृत्व उसैले गरेकाले घटना गम्भीर प्रकृतिको रहेको देखिन्छ। तर प्रहरीले बरामद गरेको धुलोको परीक्षण प्रतिवेदन आइसकेको छैन।
गत वर्ष पनि प्रहरीले बौद्ध क्षेत्रबाट २ किलो धुलो बरामद गरेको थियो। प्रहरीले त्यसलाई युरेनियम भएको दाबी गरेको थियो। तर परिक्षणमा सो युरेनियम नभएको पुष्टी भएको थियो।
युरेनियम बेच्ने समूह सक्रिय रहेको सूचनाको आधारमा प्रहरीले स्टिङ अप्रेसन गरेर उनलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई काठमाडौँको टुसालमा रहेको होटल हायातको पार्किङ क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ।
फागुन ३, २०७८ मंगलबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।