भोलि रुसले आक्रमण गर्नसक्ने युक्रेनी राष्ट्रपतिको संशय

जेलेन्स्कीले भनेका छन्, "हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ। हामी यसलाई एकताको दिन बनाउनेछौँ।“
राष्ट्रपति जेलेन्स्कीले डोनबास र क्रिमिया पनि छिट्टै युक्रेनको सीमामा समाहित हुने बताएका छन्। उनले भने, 'हामी अरूको भूमिमाथि आँखा लगाउँदैनौँ, तर आफ्नो भूमि पनि दिँदैनौँ।'
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुसले युक्रेनको सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ। यता अमेरिकाले पनि पोल्याण्डमा थुप्रै सङ्ख्यामा सेना पठाइसकेको छ।
रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ।
फागुन ३, २०७८ मंगलबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।