मस्तिष्कघातका कारण साहित्यकार तारानाथ शर्माको निधन

मस्तिष्कघातका कारण साहित्यकार तारानाथ शर्माको निधन

'ताना शर्मा'का नामबाट लोकप्रिय उनी ‘झर्राेवादी आन्दोलन’का एक अगुवामध्येका थिए। उनले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन्। 

शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्माको अन्त्येष्टि आजै मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने भएको छ।

फागुन ३, २०७८ मंगलबार ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।