ललितपुर र भक्तपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक बाँकेका ३० वर्षीय गणेशकुमार थारु रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि सवार कैलालीका ३० वर्षीय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। गए राति साढे १० बजे बागमती प्रदेश-०२-०३०प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
यस्तै भक्तपुरको कमलविनायक च्यामासिंहमा हिजो बस र मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्की रहेका छन्। गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षीय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ।
हिजो बेलुकी ८ बजे, बा३ख ४७६५ नम्बरको बस र बा६१प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको हो। दुवै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ।
फागुन ३, २०७८ मंगलबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।