बुटवलमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, एक घाइते

तीन जना सवार लु६०प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान ४ बजे अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका- ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुवै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।
फागुन ३, २०७८ मंगलबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।