मन्त्री आलेले अश्लील शब्द बोलेपछि सचिवालयको खण्डन

निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले यसको विरोध गरेका हुन्।
रेग्मीले सार्वजनिक पदमा नहुँदै भएका अनौपचारिक एवं व्यक्तिगत कुराकानी अनधिकृतरूपमा बाहिर सार्वजनिक गरिएको र मन्त्रीको छविमा आँच आएको भन्दै दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
यस्तै सचिवालयले सार्वजनिक भएको भिडियोमा मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेको छ।
आले एकीकृत समाजवादी पार्टीमा आबद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लील शब्द प्रयोग गर्दै आएको भन्दै सचिवालयले दुःख व्यक्त गरेको छ।
फागुन ३, २०७८ मंगलबार ०९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।