चार देशीय श्रृङ्खलाको दुई हारले नेपालको टी ट्वेन्टी वरियता खस्कियो

तस्बिर: क्यान
नेपालले पहिलो खेलमा ओमानविरुद्ध जित हासिल गरेको थियो भने बाँकी दुई खेलमा यूएई र आयरल्याण्डसँग पराजित भएको थियो।
योसँगै नेपालको नयाँ टी ट्वेन्टी वरियता १३औं रहेको छ। यसअघि नेपाल १२औं स्थानमा थियो।
नेपाललाई चार देशीय श्रृङ्खलामा हराउने यूएई भने १२औं स्थानमा पुगेको छ।
टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड रहेको छ। यस्तै दोस्रोमा भारत र तेस्रोमा पाकिस्तान रहेको छ।
फागुन ३, २०७८ मंगलबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।