संसदीय समितिको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पनि सहभागी हुने

संसदीय समितिको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पनि सहभागी हुने

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिबाट जनचासोका कानून निर्माणका प्रयास र भइरहेका काम–कारबाहीका अभ्यासबारे अनुभव लिन तिमिल्सिना बैठकमा सहभागी हुन लागेको बताए।

यसअघि गत बिहीबार धुलिखेलमा भएको प्रदेश सभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने घोषणा गरेका थिए। हाल विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ।

फागुन ३, २०७८ मंगलबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।