महाभियोग र एमसीसी जस्ता मुद्दामा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

महाभियोग र एमसीसी जस्ता मुद्दामा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव, संसद्मा एमसीसी टेबुल गराउने जस्ता मुद्दामा छलफल हुनेछ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेपाली राजनीतिकमा एकाएक तरङ्ग उत्पन्न भएको छ। हिजो मात्रै सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए। प्रमुख प्रतिपक्षी एमाले भने हिजोको बैठकमा अनुपस्थित थियो। यता हिजै एमालेको संसदीय दलको बैठक बसेको थियो।

यस्तै आजको कांग्रेस संसदीय दलको बैठकमार्फत नै भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गराउने वा नगराउने विषयमा पनि छलफल हुने बताइएको छ।

फागुन ३, २०७८ मंगलबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।