ओलीलाई काउन्टर दिने एमालेका पाँच सांसद, जसले गरेनन् रित्तो कागजमा हस्ताक्षर

ओलीलाई काउन्टर दिने एमालेका पाँच सांसद, जसले गरेनन् रित्तो कागजमा हस्ताक्षर

संसदीय दलको बैठकमा आवश्यकता अनुसार नेतृत्वले उपयोग गर्न सक्ने भनेर एमालेका सांसदलाई रित्तो कागजमा हस्ताक्षर गर्न लगाइएको थियो।

तर सांसद भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरे।

एमालेले संसद् ब्युँताउने सर्वोच्चका चार न्यायाधीश र सभामुखसम्मलाई महाभियोग दर्ता गर्नेसम्मको छलफल चलिरहे पनि पार्टी निर्णयमा भने पुग्न सकेको छैन। हस्ताक्षर गराउनुको कारण महाभियोगलाई नै हेरिएको छ।

बैठकमा ओलीसँग अध्यक्षमा पराजित रावलले एमसिसीको विपक्षमा उभिन र निलम्बित प्रधानन्यायाधीशको पक्षमा नलाग्न अध्यक्ष ओलीलाई लिखित पत्र नै बुझाएका छन्। पत्रमा उनले एमसिसीबारे संसदीय दलमा गम्भीर छलफल गर्न कार्यसूची तय गर्न माग गरेका थिए। 

फागुन ३, २०७८ मंगलबार ०६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।