मध्य र तल्लो ब्याट्सम्यानका कारण नतिजा आयरल्यान्डको पक्षमा

टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो।आयरल्यान्डका प्रमुख ब्याटसम्यान् पउल स्टर्लिङ्गबाट सुरु भएको सफलतालाई निरन्तरता दिँदै आयरल्यान्डलाई नेपालले २० ओभरमा १ सय २७ रनमा अल आउट गरेको थियो।
दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। अभिनाश बोहराले २, सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले १–१ विकेट लिएका थिए।
नेपालले जवाफमा २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनायो। नेपालको ब्याटिङ चलेन। यो पुरानै समस्या हो नेपालको।नेपालका दीपेन्द्र सिंह ऐरी २८, कुशल भुर्तेल १५ र आसिफ शेख २३ रनमा आउट भए।
मध्य क्रममा दीपेन्द्रको बाहेक अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। ज्ञानेन्द्र मल्ल ५, शरद भेषावकर १, कुशल मल्ल ९, कमलसिंह ऐरी १३ र सन्दीप लामिछाने एक रनमा आउट भए।
दीपेन्द्र एक्लैले २८ रन बनाए। अन्य पाँच खेलाडीले २९ रन बनाए। मध्य क्रम र तल्लो क्रमका ब्याट्सम्यान चलेनन् र नतिजा हार आयो। लामो सट, अधिक डट बल र सिङगल रनको बेवास्ता हारको कारण देखियो।
फागुन ३, २०७८ मंगलबार ०५:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।