न्यायाधीश र सभामुखविरुद्ध महाअभियोगबारे निर्णय भएको छैन : एमाले सचेतक

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग दर्ता भएको काउन्टरमा एमालेले अन्य चार न्यायाधीशमाथि महाअभियोग दर्ता गर्ने आशङ्का मात्र भएको एमाले सचेतकले दाबी गरेका छन्।
पार्टीले यसबारेमा कुनै निर्णय नगरेको उनले बताए। पार्टीको संसदीय दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै उनले भने'हिजो अस्तीदेखि काउन्टर दिनका लागि सभामुख र चार न्यायाधीशमाथि महाअभियोग दर्ता गर्ने भन्ने समाचारहरू आए। त्यो पूर्व अनुमान मात्र थियो।'
वस्तुस्थिति ठोस् विश्लेषण गरेर कानुन र संविधान हेरेर प्रधानन्यायाधीशमाथिको महाअभियोग दर्ता भएको बारेमा प्रतिवाद गर्नेबारे उच्च नेतृत्वले चाँडै निर्णय गरोस् भनेर सांसदहरूले आफ्ना धारणा राखेको र यसबारे कुनै निर्णय नभएको भट्टराइले दाबी गरे।
सरकारको गतिविधि हेरेर संसद् र सडक र आवश्यक पर्यो भने कानुनी रूपमा समेत प्रतिवाद गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा राखेको भट्टराईले बताए।
उनले एमालेले कुनै चार न्यायाधीशमाथि महाअभियोग दर्ता गर्नेबारे पार्टीले कुनै निर्णय नगरेको दाबी गरे पनि एमालेकै कार्यालय सचिव शेरबहादुर तामाङले एमालेका सांसदहरूको हस्ताक्षर सङ्कलन भइसकेको र नेतृत्वको निर्देशन अनुसार महाअभियोग दर्ता गर्ने/नगर्ने निर्णय हुने बताएका थिए।
एमालेका सांसद कृष्ण भक्त पोखरेलले पनि काउन्टरमा चार न्यायाधीशविरुद्ध महाअभियोग आउन सक्ने बताएका छन्। तर भट्टराईले भने यसको खण्डन गरे।
फागुन २, २०७८ सोमबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।