चार देशीय श्रृङ्खलामा आज आयरल्याण्डसँग भिड्दै नेपाल

काठमाडौंः जारी चार देशीय श्रृङ्खलामा नेपालले आज आयरल्याण्डको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ।
आजको खेल यो श्रृङ्खलामा नेपालको अन्तिम खेल हुनेछ। नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रोमा यूएईसँग २५ रनको हार व्यहोरेको थियो।
यो श्रृङ्खलालाई आईसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारी खेलको रूपमा लिइएको छ। छनोटको समूह 'ए' मा रहेको नेपालले फेब्रुअरी १८ मा पहिलो खेलमा ओमानको सामना गर्नेछ। दोस्रोमा नेपालले फिलिपिन्सको सामना फेब्रुअरी १९ मा गर्नेछ।यस्तै तेस्रो खेल फेब्रुअरी २१ मा क्यानेडाविरुद्ध खेल्ने तालिका रहेको छ।
चार टोली सम्मिलित समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै समूह 'बी'बाट पनि शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। यी चार टोलीबाट फाइनलमा पुग्ने दुई टोलीले यही वर्षको अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी ट्वेन्टी विश्वकपमा सहभागी हुनेछन्।
फागुन २, २०७८ सोमबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।