२४ वर्षीया युवती बलात्कार गर्ने एक जना पक्राउ

२४ वर्षीया युवती बलात्कार गर्ने एक जना पक्राउ

झापाः प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाल रहेका छन्।

उनले २४ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

निकेशले ती युवतीलाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन २, २०७८ सोमबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।