कामु प्रधानन्यायाधीश कार्कीले २ बजेका लागि बोलाए पूर्ण बैठक

काठमाडौंः सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज अदालतको पूर्ण बैठक बोलाएका छन्। अदालतसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे छलफल गर्न आज दिउँसो २ बजे बैठक बोलाइएको हो।
यसअघि हिजो सत्ता पक्षीय ९८ सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका छन्।
बैठकमा अदालत सञ्चालन तथा सुधारका सम्बन्धमा समेत छलफल हुने बताइएको छ।
यसअघि सर्वोच्चमा अदालतको नियमावली संशोधन गर्न, शोक प्रस्ताव र कोरोना सङ्क्रमणका विषयमा निर्णय गर्न मात्र पूर्ण बैठक बसेको थियो।
फागुन २, २०७८ सोमबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।