धनगढीमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु 

धनगढीमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु 

धनगढीः कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको दोधराचाँदनी नगरपालिका-७ की ४५ वर्षीया एक महिलाको आइतबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। 

कोरोनासँगै दम र सुगर रोगसँग लडिरहेकी उनको अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो।

फागुन २, २०७८ सोमबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।