ग्रीन भेञ्चर्सको आईपीओ आजबाट, ३१ लाख कित्ता शेयर निष्काशन

ग्रीन भेञ्चर्सको आईपीओ आजबाट, ३१ लाख कित्ता शेयर निष्काशन

काठमाडौंः ग्रीन भेञ्चर्स लिमिटेडले आजबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दैछ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका- १, २ र ३, लिखु गाउँपालिका- ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका- १ र २ तथा उमाकुण्ड गाउँपालिका- ७ का बासिन्दाहरूका लागि आईपीओ जारी गरेको हो।

शेयरका लागि आवेदन दिने अन्तिम म्याद फागुन १६ गतेसम्मको रहेको छ। यसबीचमा पर्याप्त आवेदन नपरेमा चैत १ गतेसम्म लम्ब्याउने कम्पनीको तयारी छ। आवेदकले न्यूनतम १० कित्तादेख अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

फागुन २, २०७८ सोमबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।