११ बजे एमाले संसदीय दलको बैठक, 'काउन्टर महाभियोग'का लागि हस्ताक्षर संकलन गर्ने तयारी

११ बजे एमाले संसदीय दलको बैठक, 'काउन्टर महाभियोग'का लागि हस्ताक्षर संकलन गर्ने तयारी

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने चार न्यायाधीशविरुद्ध एमालेले 'काउन्टर महाभियोग' लगाउने तयारी गरेको छ।

आज बस्ने एमालेको संसदीय दलको बैठकले काउन्टर महाभियोगका लागि हस्ताक्षर संकलन गर्ने तयारी थालेको छ। एमालेको संसदीय दलको बैठक आज बिहान ११ बजे बस्दैछ।

ओली सरकारको प्रतिनिधि सभा विघटनको निर्णयलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणको नेतृत्त्वको संवैधानिक इजलासका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईले बदर गर्दै परमादेश जारी गरेका थिए।

यसअघि हिजो बसेको एमालेको सचिवालय बैठकले राणाविरुद्ध लगाइएको महाभियोगको प्रस्ताव लोकतन्त्रमाथिको षड्यन्त्रपूर्ण कदम भएको ठहर गर्दै प्रतिवाद गर्ने निर्णय पनि गरेको थियो। प्रतिवादस्वरूप आज एमालेले काउन्टर महाभियोग दर्ता गर्ने तयारी गरेको हो।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तापक्षीय ९८ जना सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। 

फागुन २, २०७८ सोमबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।