रोकिराखेको जेसीबीमा मोटरसाइकल ठोकिँदा मृत्यु

रोकिराखेको जेसीबीमा मोटरसाइकल ठोकिँदा मृत्यु

बर्दियाः जिल्लाको बारबर्दिया नगरपालिका-८ रम्बापुरमा हिजो साँझ रोकी राखेको जसीबीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका-९ घर भएका २३ वर्षीय धनबहादुर चौधरी रहेका छन्। उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ। कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल, हिजो साँझ साढे ६ बजे, अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो।

फागुन २, २०७८ सोमबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।