जनयुद्ध शब्दप्रति मिश्रको आपत्ति

जनयुद्ध शब्दप्रति मिश्रको आपत्ति

काठमाडौँ : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जनयुद्ध शब्दप्रति असहमति जनाएका छन्। उनले माओवादीको सशस्त्र विद्रोहलाई जनयुद्ध नभनी सशस्त्र द्वन्द्व भन्नुपर्ने धारणा राखेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले जनयुद्ध शब्दको प्रयोगले माओवादी भाष्यलाई अनुमोदन गर्ने धारणा राखेका छन्।

उनले लेखेका छन् 'धेरैले सहजतापूर्वक 'जनयुद्ध' शब्द प्रयोग गरेको देख्छु। जे भयो त्यो 'सशस्त्र द्वन्द्व (armed conflict)' हो, जसमा विद्रोही पक्षका केही हजार लडाकु संलग्न थिए। त्यो जनयुद्ध होइन। जनयुद्ध शब्द प्रयोग गर्नु भनेको माओवादी भाष्यलाई अनुमोदन गर्नु हो। गर्ने नै हो भने उद्धरण गरेर गर्नुपर्छ।'

फागुन २, २०७८ सोमबार ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।