रिट टुङ्गो नलाग्दा टेलिकम नेतृत्वहीन

काठमाडौँ : सर्वोच्च अदालतमा परेको रिट टुङ्गोमा नपुग्दा नेपाल टेलिकम नेतृत्वहीन बनेको छ। एक महिनादेखि टेलिकमले नेतृत्वमा पाएको छैन।
प्रबन्ध निर्देशक नियुक्तिका लागि संशोधित निर्देशिका विरुद्ध सर्वोच्चमा रिट परेको थियो। नियुक्ति निर्देशिका संशोधन विरुद्ध पुस २ गते सुरेन्द्रमान सिंहले सर्वोच्चमा रिट हालेका थिए।
रिटमा नियुक्ति प्रक्रिया तत्काल अगाडि नबढाउन अदालतबाट अन्तरिम आदेश आएपछि नियुक्ति प्रक्रिया लम्बिएको छ। अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको थियो। छलफलपछि अन्तरिम आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनुवाइको निम्ति पेस गर्न आदेश आएपछि प्रक्रिया थप लम्बिएको छ।
डाक्टर राजेन्द्र कुमार पोखरेलले समेत त्यही विषयमा रिट हालेकाले अब दुवै रिटको एकै पटक फैसला आउने भएको छ। प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल पुस २२ गते सकिएको थियो प्रबन्ध निर्देशकका लागि आवेदन माग गर्दै मङ्सिर २२ गते सूचना प्रकाशित गरेको थियो।
फागुन १, २०७८ आइतबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।