१० हजार जनामा परीक्षण गर्दा पाँच सय २१ मा सङ्क्रमण पुष्टि

१० हजार जनामा परीक्षण गर्दा पाँच सय २१ मा सङ्क्रमण पुष्टि

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १० हजार एक सय १५ जनामा परीक्षण गर्दा त्यति सङ्क्रमित फेला परेका हुन्।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा तीन हजार नौ सय ३५ जना सङ्क्रमणमुक्त पनि भएका छन्। हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार पाँच सय ८४ रहेको छ।

यस्तै यही अवधिमा १० जनाको मृत्यु भएको छ।

हाल नेपालमा निको हुने दर ९६.५ प्रतिशत रहेको छ। एक सय १८ जना क्वारेन्टिनमा रहेका छन्।

फागुन १, २०७८ आइतबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।