गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि 

गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि 

पोखराः गण्डकी प्रदेशमा थप एक सय नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ४४ जनामा गरिएको नमुना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो।

संक्रमितमध्ये ९ महिला र १४ पुरुष रहेका छन्। प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सञ्योजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्कीमा १३, स्याङजामा ८ र नवलपरासीपूर्वमा २ जनामा संक्रमण देखिएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक लाख एक हजार चार ४२ पुगेको छ। 

गण्डकीमा कारोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार चार सय ५९ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा दुई सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९८ हजार सात सय ९५ पुगेको छ। प्रदेशमा अहिले होमआइसोलेसनमा एक हजार एक सय ५७ जना रहेका छन्।

गण्डकीमा सक्रिय संक्रमितको संख्या एक हजार एक सय ८८ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

फागुन १, २०७८ आइतबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।