बुटवलमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

बुटवलमा एमसीसीविरुद्ध एकीकृत समाजवादीको प्रदर्शन

बुटवलः नेकपा (एकीकृत समाजवादी) पार्टीले बुटवलमा एमसीसी सम्झौताविरुद्ध विरोध प्रदर्शन गरेको छ। संघीय सरकारको नेतृत्त्व गरिरहेको नेपाली कांग्रेसले सभामुख अग्नि सापकोटालाई संसद्मा एमसीसी टेबुल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गरेको थियो।

बुटवलमा पनि सोहीअनुसार विरोध प्रदर्शन गरिएको हो।

बुटवलको ट्राफिक चोकमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बालकृष्ण चापागाईँले एमसीसी राष्ट्रको हितमा नभएको बताए। कार्यक्रममा जिल्ला अध्यक्ष राजु गुरुङ, सिद्धार्थ नगरपालिकाकी उपाध्यक्ष उमा काफ्लेलगायतले बोल्दै राष्ट्रघाति एमसीसी सदनमा टेबुल नगर्न आग्रह गरेका थिए।

फागुन १, २०७८ आइतबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।