महाभियोगका बारेमा पार्टीभित्र छलफल भएको छैन: कांग्रेस नेता केसी

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउनेबारे पार्टीभित्र छलफलै नभएको बताएका छन्। आज पार्टीको कार्यसम्पादन समितिको बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
'त्यो विषय नै यहाँभित्र प्रवेश भएको छैन', केसीले भने।
उनले आफूहरूले पनि महाभियोग लगाइएको खबर समाचारमा मात्र सुनेको र आधिकारिक रूपले छलफल नभएको बताए।
'न्यायपालिका निष्क्रिय र न्याय नदिन सक्ने थिति एकातिर, त्यहीँभित्रको आन्तरिक द्वन्द्व अर्कोतिर र संसद अहिलेसम्म बस्न नसकेको स्थितिले वास्तवमा सम्पूर्ण राज्य पद्धतिलाई नै गिज्याइरहेको अवस्था छ। यो बेलामा सरकारले, राजनीतिक दलहरूले कुनै न कुनै एउटा निष्कर्षमा पुर्याउने र सर्वोच्च अदालतको बेथितिको समस्या समाधान गर्नुपर्थ्यो, धेरै अगाडि गर्नुपर्थ्यो', केसीले भने।
फागुन १, २०७८ आइतबार १७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।