धर्मशाला विवादमा उच्चले बतास र कोषलाई बोलायो

धर्मशाला विवादमा उच्चले बतास र कोषलाई बोलायो

काठमाडौँ : तिलगंगामा रहेको धर्मशाला बतास समूहको होटल आनन्दलाई सञ्चालन गर्न नदिने पशुपति क्षेत्र विकास कोषको निर्णयबारे उच्च अदालतले कारण देखाउँ आदेश जारी गरेको छ।

उच्च अदालत पाटनको न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले कारण देखाउँसँगै अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे छलफल गर्न  दुवै पक्षलाई बोलाएको छ।

आदेश माघ ९ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। भारतको सहयोगमा बनेको धर्मशाला होटल आनन्दलाई भाडामा चलाउन दिएको थियो। सम्झौता विपरीत भाडामा दिएको भन्दै कोषले छानबिन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध होटल आनन्द अदालत गएको थियो।


*समाचारमा अन्तरिम आदेश भएकोमा सच्याइएको छ।

फागुन १, २०७८ आइतबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।