कमल थापाले ब्युँताए राप्रपा नेपाल

काठमाडौँ : निर्वाचनमा पराजित भएपछि नयाँ दलको तयारीमा लागेका कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन्। उनले आइतबार राप्रपा नेपाल ब्युताउदै केही समयको अलमलपछि आफ्नै घर फर्किएको बताए।
आइतबार जारी गरेको अपिलमा राप्रपा नेपालले ‘हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाउने उल्लेख छ। राप्रपा नेपालको घोषणा सभा फागुन ७ गते गर्ने उल्लेख गर्दै उनले यसअघि सँगै काम गरेकालाई पार्टीमा आबद्ध हुन आह्वान गरेका छन् ।
‘हिन्दु राष्ट्र, सुशासन र समृद्धिको मान्यताप्रति विश्वास गर्नुहुने स्वतन्त्र बुद्धिजीवी, नागरिक समाज, तथा विभिन्न दलमा आबद्ध रहेकाहरूलाई पनि राप्रपा नेपालमा साथ दिन सविनय अनुरोध गर्दछु,’ अपिलमा छ।
राप्रपासँगै एकीकरण गर्दै राप्रपा नेपाल राप्रपा भएको थियो। पछि लाक्पा तामाङले राप्रपा नेपाल दर्ता गरेका थिए।
फागुन १, २०७८ आइतबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।