सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
एमसिसी विवाद र प्रधानन्यायाधीशमाथि महाअभियोगले राजनीतिक वातावरण तातिएको बेला उनले फागुन २ गते सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको सर्वदलीय बैठक बोलाएका हुन्।
सापकोटाका सहयोगी श्रीधर न्यौपानेका अनुसार बैठक २ बजे बोलाइएको हो। एमसिसिलाई सदनमा लैजानेबारे सापकोटाले लिएको अडानका कारण प्रधानमन्त्री शेरबहादुर देउवा उनीसँग सकारात्मक छैनन्।
एमालेले त उनको राजीनामा माग्दै आएको छ। यस अगाडिका सर्वदलीय बैठकमा एमाले सहभागी भएको छैन।
फागुन १, २०७८ आइतबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।