सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आज संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
यस्तै सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबारका लागि सारिएको छ।
फागुन १, २०७८ आइतबार १४:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।