चार किलो ८४० ग्राम सुनजस्तो वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

चार किलो ८४० ग्राम सुनजस्तो वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौंः नेपाल प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने वस्तुसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनियाँ नागरिक राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। 

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको अराईभल टनेल गेटनजिक जाँच गर्नेक्रममा ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाएर ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन १, २०७८ आइतबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।