संसद् बैठक सर्यो, अब फागुन ४ गते बस्ने

काठमाडौँ : एमालेको आग्रहमा संसद्को बैठक २ दिन सरेको छ। फागुन २ का लागि बोलाएको बैठक फागुन ४ मा पुगेको छ।
एमालेले फागुन २ मा पार्टीको प्रदेश सम्बन्धी कार्यक्रम रहेकाले बैठक कि २ गते अगाडि या २ गते पछि राख्न आग्रह गरेको थियो। शनिवार भएको सत्ताधारी तीन दलका शीर्ष नेताको छलफलमा समेत संसद् बैठक सार्नेबारे कुरा भएको थियो।
सोही अनुसार संसद् सचिवालयले सूचना निकाल्दै विशेष कारणले बैठक बस्न नसक्ने भन्दै फागुन ४ मा बैठक बस्ने उल्लेख छ।
फागुन १, २०७८ आइतबार १२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।