सत्तारुढ दलका सांसदद्वारा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।
आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।
महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागेको जस्ता आरोप लगाइएको छ।
माओवादीका सचेतक देव गुरुङले संविधानअनुसार संसद्को एकचौथाईले महाअभियोग दर्ता गर्न मिल्ने र हाल सोभन्दा बढी संख्याका सांसदहरूले महाभियोग दर्ता गराएका बताएका छन्।
आजैबाट नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन पनि पुनः थालेको छ।
फागुन १, २०७८ आइतबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।