जर्मनी र अष्ट्रेलियापछि ईराकद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश

जर्मनी र अष्ट्रेलियापछि ईराकद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश

एजेन्सीः शनिबार मात्र जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका थिए। रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै ती देशले आफ्ना नागरिकलाई तत्कालको लागि युक्रेन छोड्न आग्रह गरेका थिए।

आज ईराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ। शनिबारै अबेर ईराकले यस्तो निर्देशन दिएको हो। त्यस्तै ईराकले युक्रेनमा रहेका आफ्ना कूटनीतिक नियोगका कर्मचारीहरूलाई पनि वार्षिक बिदा लिएर घर फर्किन आदेश दिएको छ।

ईराकी अधिकारीहरूका अनुसार पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको छ। यसअघि नै रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायतलगायतका देशहरूले पनि आफ्ना दूतावास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन्।

यता रुसले भने बारम्बार युक्रेनमाथि आक्रमण गर्ने योजना नरहेको प्रष्ट पार्दै आएको छ।

फागुन १, २०७८ आइतबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।