सुनको मूल्य प्रतितोला एक हजार पाँच सयले बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार पाँच सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय तोकिएको छ।

यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार तोकिएको छ। आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी तोलामा एकैदिन २० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय कायम भएको छ। 

फागुन १, २०७८ आइतबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।