केन्द्रीय कमिटी बैठक बस्न कोरोनाले रोक्यो, जनयुद्ध दिवस मनाउन रोकेन

केन्द्रीय कमिटी बैठक बस्न कोरोनाले रोक्यो, जनयुद्ध दिवस मनाउन रोकेन

काठमाडौंः नेकपा माओवादी केन्द्रले आज २७औं जनयुद्ध दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको जनयुद्ध दिवस कार्यक्रममा नेता, कार्यकर्तादेखि मन्त्रीको पनि उपस्थिति थियो।

पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेकाले पूर्वनिर्धारित केन्द्रीय कमिटीको बैठक पन्छाउँदै आएको माओवादीले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा भने बाक्लै कार्यकर्ता भेला गरेको थियो।

तस्बिरहरू: दिपेन्द्र अधिकारी

फागुन १, २०७८ आइतबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।