क्लब विश्वकपको उपाधि चेल्सीलाई

क्लब विश्वकपको उपाधि चेल्सीलाई

काठमाडौंः इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। गए राति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मिरसलाई २-१ गोल अन्तरले हराउँदै चेल्सी विजेता भएको हो।

चेल्सीको जितमा खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले र ११७ औं मिनेटमा काइ हाभर्ट्जले एक-एक गोल गरे। यसअघि खेलको ६४औं मिनेटमा पाल्मिरसका राफेल भेइगाले पेनाल्टीमार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीले बराबरी खेलेका थिए।

यस्तै ब्राजिलियन क्लब पाल्मिरस इन्जुरी समयमा १० खेलाडीमा सीमित हुनुपरेको थियो। थप गरिएको समयको ६ मिनेटमै लुआन गार्सिया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो। 

फागुन १, २०७८ आइतबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।