पश्चिमी वायुको सामान्य असर, तर मौसम देशभर सफा रहने

पश्चिमी वायुको सामान्य असर, तर मौसम देशभर सफा रहने

काठमाडौंः आज देशभरको मौसम सफा रहने भएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको भए पनि देशभर आंशिक बदली भई मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा भने हुस्सु/कुहिरो रहेको छ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि यही मौसम प्रणाली रहनेछ।

फागुन १, २०७८ आइतबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।